२ कार्तिक २०८१, शुक्रबार

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

प्रकाशित मिति :  17 October, 2024 6:38 pm


काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ ।

त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !