२ कार्तिक २०८१, शुक्रबार

उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

प्रकाशित मिति :  17 October, 2024 8:07 pm


काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज च्याम्पियनसिपको उद्घाटनपछि प्रतियोगीताका खेलहरु सुरु भएका हुन् ।

दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बल हस्तान्तरण गर्दै च्याम्पियनसिपको शुभारम्भ गरेका हुन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएकोमा पाकिस्तानलाई ५(२ गोल अन्तरले हराउँदै भारत विजयी भयो । पहिलो हाफमै ४ (१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जीत आफ्नो पक्षमा पार्न सकेन । आजको जीतसँगै भारतले तीन अङ्क जोडेको छ।

नेपालले भोलि भुटान विरुद्ध खेल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । च्याम्पियनसिपमा नेपालसहित सात सार्क सदस्य राष्ट्रहरुले सहभागीता जनाएका छन् ।

दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगीताको पहिलो समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश रहेको छ । यसैगरी अर्को समूहमा आयोजक नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । प्रतियोगीताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस !