२ कार्तिक २०८१, शुक्रबार

टी–२० क्रिकेट श्रृंखलामा नेपाल–अमेरिका मैदानमा : ब्याटिङमा नेपाल

प्रकाशित मिति :  18 October, 2024 6:42 am


काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखला शुरु भएको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा जारी रहेको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले ९.१ ओभर खेल्दा २ विकेट गुमाएर ६९ रन बनाएको छ । ओपनरद्धय आसिफ शेख र अनिल साह समान २७ रन बनाएर आउट भएका छन् ।

नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी–२० खेल भएको थियो । टी–२० विश्वकप छनोटअन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी–२० खेल भएको छैन ।

यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भए पनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।

यसअघि पनि अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । उनलाई भिसा दिन जतिसुकै राजनीतिक स्टन्ट गरिएको भए पनि उनको आनीबानी र व्यवहारलाई आधार मानेर अमेरिकाले भिसा दिन अस्वीकार गर्दै आएको बुझिन्छ । नेपालले श्रृंखलाको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।



प्रतिक्रिया दिनुहोस !