२ कार्तिक २०८१, शुक्रबार

माैसम अपडेट : यी तीन प्रदेश हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  18 October, 2024 7:37 am


काठमाडौँ । पश्चिमी वायुको प्रभाव जारी रहँदा आज कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशभर पश्चिमी वायुको प्रभाव छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ।



प्रतिक्रिया दिनुहोस !