२ कार्तिक २०८१, शुक्रबार

देशभर आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

प्रकाशित मिति :  18 October, 2024 10:42 am


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोली भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत ५ बर्षसम्मका बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो।

त्यस्तै नियमित खोप लगाउन छुटेका १५ महिनासम्मका बालबालिका र ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन, भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तगत वर्षमा २ पटक ५ वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइन्छ। स्वास्थ्य मन्त्रालयले आफ्नो नजिक पर्ने सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्थामा गई बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !