२ कार्तिक २०८१, शुक्रबार

टी-२० आई सिरिजकाे पहिलाे खेलमा अमेरिकालाई पराजित गर्दै नेपालकाे विजयी सुरूवात

प्रकाशित मिति :  18 October, 2024 10:51 am


काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरीमा भएको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गर्दै नेपालले विजयी सुरूवात गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको योगदान दिए पनि जितका लागि प्रयाप्त भएन ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले तीन, करण केसी, रिजन ढकाल र गुल्शन झाले समान एकरएक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा सर्वाधिक ४९ रनको योगदान गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७ रन जोडे ।

अब नेपालले सिरिजको दोस्रो खेल आइतबार बिहान र तेस्रो सोमबार बिहान खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !