२ कार्तिक २०८१, शुक्रबार

नेपालको जैविक विविधताले कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको छः मन्त्री अधिकारी

प्रकाशित मिति :  18 October, 2024 10:54 am


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाध मञ्च-२०२४ को उच्चस्तरीय उद्दघाटन सत्र सहित विभिन्न बहुपक्षिय बैठकमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघीय खाध तथा कृषि संगठनको आयोजनामा संगठनको मुख्यालयमा भएको उद्दघाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी सहितको टोली सहभागी भएको हो । मञ्चको लगानी सम्बन्धी सत्रलाई सम्बाेधन गर्दे मन्त्री अधिकारीले लगानीकर्ताहरूलाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे ।

नेपाल सरकारले यसै वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरि यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्राउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि , खाध सुरक्षा,हरित उत्पादन र रुपान्तरित कृषि तथा खाध प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे ।

बैठकमा संसदको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारी , प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी थियाे ।



प्रतिक्रिया दिनुहोस !