२ कार्तिक २०८१, शुक्रबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६४ हजार

प्रकाशित मिति :  18 October, 2024 11:06 am


काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको विवरण अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ थियो ।



प्रतिक्रिया दिनुहोस !