२ कार्तिक २०८१, शुक्रबार

विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी, राजनीतिक घटनाक्रमबारे छलफल

प्रकाशित मिति :  18 October, 2024 11:18 am


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूको बैठक जारी छ । संसद् भवनस्थित लोत्से हलमा शुक्रबार बिहान विपक्षी दलहरूको बैठक शुरू भएको थियाे ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् । यस्तै रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोली बैठकमा भाग लिन पुगेको हो । पार्टीका दुवै उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले सहित शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ बैठकमा उपस्थित छन् ।



प्रतिक्रिया दिनुहोस !