२ कार्तिक २०८१, शुक्रबार

रगत संकलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो

प्रकाशित मिति :  18 October, 2024 1:00 pm


काठमाडाैँ । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरू भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताए ।

उनले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको बताए । उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । उनले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताए । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत संकलन गर्नुपर्ने बताए ।

उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए ।उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !