२ कार्तिक २०८१, शुक्रबार
घट्दै आयात

धान चामल आयात ३२.७ प्रतिशतले घट्यो, सोयाबिन तेलको आयातमा पनि कमी

प्रकाशित मिति :  18 October, 2024 1:32 pm


काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

गत आर्थिक वर्षमा ४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ बराबरको धान चामल आयात भएकोमा चालू आर्थिक वर्षमा भने आयात घटेको हो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा धान चामलको आयात ३२.७ प्रतिशतले घटेको हो । नेपालमा सबैभन्दा धेरै आयात हुनेमा धान चामल पनि पर्दछ ।

यस्तै, कच्चा सोयाबिन तेलको आयात पनि २१.२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोढ ४५ लाख रुपैयाँ बराबर आयात भएको कच्चा सोयाबिन तेल चालू आर्थिक वर्षमा २ अर्ब ३६ करोड २ लाख रुपैयाँ बराबरको आयात भएको हो ।



प्रतिक्रिया दिनुहोस !