२ कार्तिक २०८१, शुक्रबार

सन्दीपले पाए अमेरिकाको भिसा, आजै अमेरिका प्रस्थान गर्ने

प्रकाशित मिति :  18 October, 2024 3:13 pm


काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको जानकारी गराएको छ।

नेपालले अमेरिकाबिच तीन खेलको टी-२० शृंखला आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यस प्रतियोगितामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्।संघका अनुसार लामिछाने आजै साँझ अमेरिका प्रस्थान गर्ने तयारीमा छन्।



प्रतिक्रिया दिनुहोस !