२ कार्तिक २०८१, शुक्रबार

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित

प्रकाशित मिति :  18 October, 2024 5:00 pm


काठमाडाैँ । श्रीलंकाले शुक्रवार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १–० को जित निकालेको हो । एकपक्षीय बनेको श्रीलंकाले लगाता दबाब बनाएको थियो । पछिल्ला दुई संस्करणमा गोलविहीन माल्दिभ्सले श्रीलंकाविरूद्ध गोल गर्ने लक्ष्यमा थियो । साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससककंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ । 

खेलको आठौं मिनेटमा श्रीलंकाको गोल प्रयासमा बार बाधक भयो । सिभानेश्वरन थर्मिकाले माल्दिभ्सकी गोलकिपर अमिना लिजा अगाडि बढेको अवस्थामा खाली पोस्टमा गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । अमिनाले नै क्लियर गर्न नसकेको नियन्त्रणमा लिंदै थर्मिकाले गरेको प्रहार सफल हुन सकेन । 

एकपछि अर्को आक्रमण बुनेको श्रीलंकाले १८ औं मिनेटमा अग्रता लियो । कोश्वाथथागे परेरा दिएको क्रस बललाई इमिसा अनुराधिनीले हेडरमार्फत गोल गरिन् । सन् २०१९ मा विरानटनगरमा भएको साफपछि श्रीलंकाले पहिलो गोल ग¥यो । काठमाडौंमा सम्पन्न पहिल्लो छैटौं संस्करणमा श्रीलंका गोलविहीन भएर घर फर्किएको थियो । 

३३ औं मिनेटमा श्रीलंकाको काउन्टर प्रयासमा माल्दिभ्सकी गोलकिपर अमिनाले उत्कृष्ट बचाउ गरिन् । श्रीलंकाकी इमिसाको लगातार दुई प्रहार असफल बनाएकी हुन् । ३६ औं मिनेटमा थर्मिकाले पेनाल्टी बक्सबाहिर बाट गरेको सशक्त प्रहार पनि माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाइन् ।

त्यसपछि पहिलो हाफमा केही प्रयास भएपनि गोल सम्भव भएन र श्रीलंकाले १–० को अग्रता बनायो । दोस्रो हाफ पनि श्रीलंकाले गोल प्रयास गरिरह्यो । ८७ औं मिनेटमा इमिसाले  करिब ८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाउ गरिन् । यो जितसककंगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुल्यो । यसै समूहमा नेपालले आज सांझ ५ः३० बजे भुटानसककंग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस !