२ कार्तिक २०८१, शुक्रबार

पक्राउ पुर्जी जारीपछि रविले भनेः सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

प्रकाशित मिति :  18 October, 2024 5:37 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् ।

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् ।

लामिछानेले स्टाटस मार्फत सहकारी क्षेत्रमा भएको भ्रष्टाचार, सरकारको असफलता, र नेताहरूको अनियमितताप्रति गम्भीर आरोप लगाएका छन्। उनले आफूलाई भ्रष्टाचार र ठगीको आरोप खेप्न बाध्य पारिएको र सरकारका उच्च अधिकारीहरू भने खुल्लमखुल्ला भ्रष्टाचारमा संलग्न रहेको दाबी गरेका छन्।

उनको स्टाटसमा भनिएको छ, “सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी।” लामिछानेले सरकारलाई भ्रष्ट नेताहरूलाई जोगाउने प्रयास गरेको आरोप लगाउँदै आफूलाई न्यायप्रेमी जनता र न्यायालयप्रति भरोसा रहेको उल्लेख गरेका छन्। साथै, उनले रास्वपाका कार्यकर्ताहरूलाई आफ्नो नेतृत्वमाथि विश्वास राख्न आग्रह गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ जारी रहने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !