२ कार्तिक २०८१, शुक्रबार

राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैनः अध्यक्ष दाहाल

प्रकाशित मिति :  18 October, 2024 5:58 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताएका छन् ।

नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हिच्किच्याउन नहुने अध्यक्ष दाहालको दाबी थियो । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले धनी पुँजीपतिहरुलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभुति पनि सुनाए ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरू, धनि पुँजीपतिहरू हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रनसक्ने अवस्था नरहेको पनि बताए ।

अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !