२ कार्तिक २०८१, शुक्रबार

सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछाने पक्राउ 

प्रकाशित मिति :  18 October, 2024 6:58 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा रवि लामिछाने पक्राउ परेका छन् ।

लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !