२ कार्तिक २०८१, शुक्रबार

रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

प्रकाशित मिति :  18 October, 2024 7:54 pm


काठमाडौँ । पार्टी कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले लामिछानेलाई पोखरा लगेको हो।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो । सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछाने आफू छानबिनमा सघाउन जहिले पनि तयार रहेको बताए। लामिछानेले आफूले यसअघि पनि यसखाले चुनौतीको सामना गर्नुपरेको भन्नुहुँदै सो कुरा बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !