३ कार्तिक २०८१, शनिबार

रास्वपा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा

प्रकाशित मिति :  19 October, 2024 7:38 am



काठमाडौँ । हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखिएको छ । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा हिजो पक्राउ परेका लामिछानेलाई आज बिहान ३ वजे पोखरा पुर्याइएको थियो ।

आज शनिबार अदालत बिदाका कारण एकदिन कास्की प्रहरीकै हिरासतमा राखेर भोलि अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ । देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !