३ कार्तिक २०८१, शनिबार

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

प्रकाशित मिति :  19 October, 2024 12:56 pm


काठमाडाैँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् । धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा\युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरुले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताए । उनले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताए । यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाई गरिरहनुभएका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्यक छठ घाटमा लैजाने अभियान रहेको बताए ।

उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे । युवतीहरूमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गरे । 



प्रतिक्रिया दिनुहोस !