३ कार्तिक २०८१, शनिबार

सभामुखलाई दिइयाे पूर्व गृहमन्त्री लामिछाने पक्राउबारे जानकारी

प्रकाशित मिति :  19 October, 2024 4:13 pm


काठमाडौँ । संसद‌ले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि रास्वपा सभापति एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

संघीय संसद‌‍का महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार लामिछाने पक्राउ परेको सूचना प्रकाशित गरी जानकारी दिएका हुन् । ‘‘कास्की जिल्ला अदालतको मिति २०८१/०७/०२ गतेको पक्राउ अनुमतिबमोजित फौजदारी कसुरको अनुन्धानका क्रमममा पक्राउ गरिएकाले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्ने समेत व्यहोराको जिल्ला प्रहारी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको सम्माननीय सभामुखज्यूलाई लेखी आएकाले सूचना प्रकाशन गरिएको छ’’, सूचनामा भनिएको छ ।

प्रहरीले कास्की जिल्ला अदालतको पक्राउ अनुमतिका आधारमा शुक्रबार काठमाडौंबाट रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पोखरा लगेको थियो ।



प्रतिक्रिया दिनुहोस !