४ कार्तिक २०८१, आइतबार

टी–२० सिरिज : नेपाल–अमेरिका दोस्रो खेल खेल्दै

प्रकाशित मिति :  20 October, 2024 7:33 am


काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेल जारी छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएकाे छ ।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल बिहान ५ः४५ बजे सुरु भएकाे छ । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश भएका छन् ।

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !