४ कार्तिक २०८१, आइतबार

पाँच प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  20 October, 2024 7:31 am


काठमाडौँ। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।

देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतवार बिहानीपख कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ ।

आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विमागले जनाएको छ ।

मौसम प्रतिकूलताले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !