४ कार्तिक २०८१, आइतबार

रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैनः विप्लव

प्रकाशित मिति :  20 October, 2024 7:41 am


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गरेका छन्।

शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरुले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकतावद्ध भएर देश र जनताको सेवाका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताए। उनले देशमा आफूहरुले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !