४ कार्तिक २०८१, आइतबार

रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

प्रकाशित मिति :  20 October, 2024 7:48 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिवार रास्वपाका नेता÷कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार बेलुकी पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरेर शुक्रवार राति नै पोखरा पु-याएको थियो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । वीरगञ्जमा भेला भई रास्वापका नेता÷कार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् ।

जुलुशमा सहभागीहरुले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए । ्

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !