४ कार्तिक २०८१, आइतबार

एक खेल अगावै नेपालले जित्यो टि ट्वान्टी आई सिरिज

प्रकाशित मिति :  20 October, 2024 9:57 am


काठमाडौँ । अमेरिकामा जारी टि ट्वान्टी आई सिरिज एक खेल अगावै नेपालले हात पारेको छ । घरेलु टोलीविरुद्धको टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अगावै जितेको हो ।

आइतबार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकामाथि सुपर ओभरमा जित हात पारेको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगाबै २० ले जितेको हो । दुईदेशीय सिरिज नेपालले चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो ।

सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । बलिङमा नेपालको तर्फबाट सोमपाल कामी आएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले तेस्रो बलमा शायान जाहान्गिर र चौथो बलमा आरोन जोन्स आउट भए ।

सुपर ओभरमा नेपालले ३ रनको सामान्य लक्ष्य पायो । सामान्य लक्ष्यका साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङमा आएका थिए ।

पहिलो बलमा कप्तान पौडेलले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन लिए । तेस्रो बलमा कप्तान पौडेलले कुनै रन जोडेनन् । चौथो बलमा कप्तान पौडेलले १ रन लिदै नेपाललाई ऐतिहासिक जित दिलाए ।

त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनायो । र खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ४२ रनको अर्धशतकीय इनिङ खेले । खेल जिताउन ३ रन मात्र आवश्यकतामा लामो सट खेल्दै खेल समाप्त गर्ने चक्करमा उनी सोमपाल कामीको बलमा बाउन्ड्रि नजिकै कुशल भुर्तेलबाट समातिए ।

दोस्रो विकेटका लागि गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी भएको थियो । यो शतकीय साझेदारी नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी तोडेका थिए ।

दीपेन्द्रले४१ बलमा ४७ रन बनाएका मुककामल्लालाई आउटसँगै साझेदारी तोडिएको थियो । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशल भुर्तेलबाट क्याच भए ।

मिलान्ड कुमार ११ बलमा १५ रन बनाउदै करण केसीको बलमा आउट भए । साहान जाहान्गिर १४ रन बनाउँदै सागर ढकालको बलमा आउट भए । नेपालका लागि करण केसीले ३, सोमपाल कामी २ सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टी९२० आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।

ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए । शाहले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिए । करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे ।

घरेलु टोली अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई खेल सोमबार विहान रहेको छ ।



प्रतिक्रिया दिनुहोस !