४ कार्तिक २०८१, आइतबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

प्रकाशित मिति :  20 October, 2024 11:19 am


काठमाडौँ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मकै उच्च रहेको सुनको मूल्य आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ



प्रतिक्रिया दिनुहोस !