४ कार्तिक २०८१, आइतबार

पोखरामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

प्रकाशित मिति :  20 October, 2024 12:09 pm


काठमाडौँ । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस्तो आदेश जारी गरेको सूचना सार्वजनिक गरेका छन् ।

“पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !