४ कार्तिक २०८१, आइतबार

कात्तिक १२ गतेदेखि एफपीओ जारी गर्दै समता घरेलु लघुवित्त

प्रकाशित मिति :  20 October, 2024 12:52 pm


काठमाडौं । समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने निष्काशन गर्ने भभएको छ ।

संस्थाले संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।

संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

उक्त एफपीओमा लगानीकर्ताले छिटोमा कात्तिक २० गतेसम्म र ढिलोमा कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

एफपीओमा आवेदन दिँदा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

संस्थाले उक्त एफपीओ निष्काशनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !