४ कार्तिक २०८१, आइतबार

रविको आरोपः देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली हुन्

प्रकाशित मिति :  20 October, 2024 3:46 pm


काठमाडाैँ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आइतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए । उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरे। केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने बताए । उनले ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने बताए ।

उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताए । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !