५ कार्तिक २०८१, सोमबार

टि ट्वान्टी आई : अमेरिकाविरुद्धको सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

प्रकाशित मिति :  21 October, 2024 6:53 am


काठमाडौँ । पहिलाे र दाेस्रो खेलमा जीत निकालेकाे नेपाल अमेरिकाविरुद्धको सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिएकाे छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा नेपाल घरेलु टोली अमेरिकासँग अहिले खेलिरहेकाे छ ।

अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा अन्तिम टि ट्वान्टी आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान ५ः४५ देखि सुरु भएकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ ।

अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो । याे समाचार तयार पार्दासम्म नेपालले ३ विकेट निकालेकाे छ । १४ ओभर खेल्दै अमेरिकाले १०० रन जाेडेकाे छ ।

यो टि ट्वान्टी सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस !