५ कार्तिक २०८१, सोमबार

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाले आज पनि प्रदर्शन गर्दै

प्रकाशित मिति :  21 October, 2024 10:48 am


काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।

राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

शुक्रबार काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेपनि रास्वपाका कार्यकताले निषेधाज्ञा तोडेर आइतबार शहीदचोकमा प्रदर्शन गरेका थिए। रविलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।



प्रतिक्रिया दिनुहोस !