५ कार्तिक २०८१, सोमबार

सोमबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  21 October, 2024 11:16 am


काठमाडौँ । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार रेकर्ड ब्रेक गरेको हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !