५ कार्तिक २०८१, सोमबार

अन्डाको मूल्य बढ्याे, प्रतिक्रेट कति ?

प्रकाशित मिति :  21 October, 2024 11:39 am


काठमाडौँ । अन्डाको मूल्य वृद्धि भएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । संघका अनुसार हिजाे (आइतबार) देखि लागु हुने गरी प्रतिक्रेटमा अन्डाको भाउ बढेको हो ।

एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि प्रतिक्रेट ४७० रुपैयाँ पुगेको छ । उक्त मूल्य ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ थियो ।

यस्तै संघका अनुसार ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ । मिडियम साइजको अन्डाको मूल्य भने प्रतिक्रेट ४४० रुपैयाँ कायम छ ।



प्रतिक्रिया दिनुहोस !