५ कार्तिक २०८१, सोमबार

गण्डकीमा भेषबहादुर पौडेल वन मन्त्री नियुक्त, आजै सपथ ग्रहण हुने

प्रकाशित मिति :  21 October, 2024 1:33 pm


काठमाडौँ । गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन्। उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ।

स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए। पौडेलको आजै दिउँसो सपथ हुने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !