५ कार्तिक २०८१, सोमबार

१७ औँ गोदावरी फूलको प्रदर्शनी कार्तिक ८ देखि हुने, एक करोडभन्दा बढी कारोबारको अपेक्षा

प्रकाशित मिति :  21 October, 2024 5:45 pm


काठमाडौँ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले फ्लोरीकल्चर एसोसिएशन अफ नेपाल (फ्यान)को आयोजनामा १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएकाे छ ।

सोमबार फ्यानले पत्रकार सम्मेलन गर्दै आउँदो कार्तिक ८ देखि ११ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने जनाएकाे छ । पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरीकल्चर एसोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो । मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिएको छ । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । जसमा गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क ३० हजार रहेको एसोसिएसनले जनाएको छ । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ९मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ० मा प्रतिस्पर्धा गराइने बताइएको छ ।

आयोजकका अनुसार स्टल बुक गर्दा तोकिएको प्रति स्टल वापत लाग्ने शुल्क सत प्रतिशत भाडा अग्रिम बुझाउनु पर्ने छ भने प्रदर्शनीमा भाग लिने सदस्यको आ.ब.२०८१\०८२ को फ्यान सदस्यता नबिकरण भएको समेत हुनुपर्नेछ । मेला स्थलमा स्टल सजावट कार्य २०८१ कार्तिक ७ गते बिहान ८ बजे देखि खुल्ला हुने छ । मेला उद्घाटन मिति २०८१ कार्तिक ८ गते बिहिबार ११स्०० बजे हुनेछ भने मेला समापन २०८१ कार्तिक ११ गते बेलुका ५।०० बजे हुने एसोसिएनले जनाएको छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ ।

४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ । साथै फ्यानको आयोजनमा र लाइन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा मेला अवधिभित्र रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको फ्यानले जनाएको छ ।

पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका तदर्थ समितिका अध्यक्ष सूरेशभक्त श्रेष्ठले बताए ।

हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने फ्यानका निर्वतमान अध्यक्ष तामाङले बताए ।



प्रतिक्रिया दिनुहोस !