५ कार्तिक २०८१, सोमबार

नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

प्रकाशित मिति :  21 October, 2024 5:51 pm


काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका छन्।
सोमवार ‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका हुन्।

उनले जनताहरू संगठित हुन पाउने उनीहरूको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्रसंघले समेत स्थान दिएको बताए । उनले नागरिक समाजको ठाउँहरूलाई साँघुरो पार्नु नहुने बताए । उनले नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सुचक नभएको बताए ।

उनले राष्ट्रवाद र पपुलिज्म बढेसँगै प्रजातन्त्र र मानव अधिकारको एजेण्डा ओझेल पर्ने अवस्था रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !