६ कार्तिक २०८१, मंगलबार

यस्तो रहनेछ मंगलवारको मौसम

प्रकाशित मिति :  22 October, 2024 8:09 am


काठमाडौँ। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

मंगलवार बिहानीपख मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।

विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !