६ कार्तिक २०८१, मंगलबार

साफ महिला च्याम्पियनसिपः माल्दिभ्समाथि नेपालको गोल वर्षा

प्रकाशित मिति :  22 October, 2024 8:15 am


काठमाडाैँ। नेपालले सोमवार माल्दिभ्समाथि फराकिलो जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

दशरथ रंगशालामा भएको समूह बी को खेलमा नेपालले माल्दिभ्समाथि ११–० को गोल वर्षा गरेको हो । नेपालका लागि रेखा पौडेलले ५ गोल, प्रीति राईले ३ गोल तथा सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरे । 

यो जितसँगै नेपालले समूह विजेताको लक्ष्य कायमै राखेको छ । उपाधि लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालको शुरूवात राम्रो हुन सकेन । 

पहिलो खेलमा गोल गर्न असफल रहँदा पहिलोपल्ट भूटानसँग अंक बांडेको थियो । तर प्रतियोगिताकै कमजोर मानिएको माल्दिभ्समाथि भने पूर्ण हाबी भयो । 

चार राष्ट्र रहेको समूहमा समान दुई खेलबाट नेपाल र भुटानको समान चार अंक छ । दुई खेल नै खेलेको श्रीलंकाको तीन अंक र माल्दिभ्स अंकविहीन छ । 

लगातार दोस्रो हारसँगै माल्दिभ्सको यात्रा समूहचरणमै टुंगिने भएको छ । सोमवार नै भूटानले श्रीलंकालाई ४–१ ले हराएको थियो। 

त्यसअघि खेलको पाँचौं मिनेटमै सरू लिम्बूले पेनाल्टी बक्सबाट गरेको प्रहार दोस्रो बार हुँदै बाहिरियो । त्यसको एक मिनेट पनि नबित्दै नेपालले गोल गर्यो । सविता रानामगरको कर्नर पासमा प्रीति राईले सुन्दर गोल गर्दै शुरुवाती अग्रता दिलाइन् । 

आठौं मिनेटमा रेखा रावलको फ्रिकिक माल्दिभ्सकी गोलकिपरले पन्चै गर्दै मुस्किलले बचाइन् । २५ औं मिनेटमा रश्मिकुमारी घिसिङको हेडर माल्दिभ्सकी गोलकिपर अमिना लिजाले पन्चै गर्दै असफल बनाइन् । रेखा पौडेलले लेफ्ट साइड दिएको बललाई उनले हेड गरेकी हन् । 

लगत्तै रेखाले नै लामो दूरीबाट गरेको सशक्त प्रहार पनि अमिनाले बचाइन् । २९ औं मिनेट सविता रानामगरले नेपालको अग्रता दोब्बर बनाइन् । 

सरू लिम्बूले दिएको पासलाई सबिता पेनाल्टी बक्स बाहिरबाट दोस्रो बार च्याप्दै गोल गरिन् । ३२ औं मिनेटमा रेखा पौडेलले नेपालको तेस्रो गोल गरिन् । 

रश्मिले दिएको कट पासलाई सदुपयोग गर्दै रेखाले नजिकै दूरीबाट गोल गरेकी हुन् । ३८औं मिनेटमा विमला चौधरीले करिव २५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बारमा ठोकिएर बाहिरियो । 

नेपालले ४३ औं मिनेटमा चौथो गल गरिन् । सबिता रानामगरको कट ब्याक सदुपयोग गर्दै उनले दोस्रो गोल गरेकी हुन् । 

पहिलो हाफको थप समयमा रेनुका नगरकोटीले पहिलो बार च्याप्दै गरेको सशक्त प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्चै गर्दै बाहिर पठाइन् । 

यससँगै पहिलो हाफमा नेपाल ४–० ले अगाडि रह्यो । दोस्रो हाफको शुरूमै नेपालले पाँचौ गोल गर्यो । रेखा पौडेलले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । 

राइट साइडबाट ड्रब्लिङ गर्दै दिएको पास माल्दिभ्सको डिफेन्डरसँग ठोकिएर उनकै नियन्त्रण पुग्यो । उक्त बललाई वान टच गर्दै रेखाले जाली चुमाइन् । ६० औं मिनेट सबिता वान भर्सेस वानमा गोल गर्न चुकिन् । 

प्रीति राइले १८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर पन्च गरेको बल नजिकै रहेकी सबिताको वान टच अकासियो । ६५ औं मिनेट प्रीतिले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरिन् । रेखाले दिएको ब्याक नियन्त्रणमा लिँदै उनले प्रीतिले सुन्दर गोल गरेकी हुन् । 

मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै अनिता केसीले गोल गरिन् । अनिता बस्नेतले दिएको बल नियन्त्रणमा लिककंदै उनले वान भर्सेस वानमा गोल गरेकी हुन् । ७८औं मिनेटमा नेपालले गोल संख्या नवौं पु-यायो । 

अनिता केसी दिएको बल नियन्त्रणमा लिककंदै उनले नजिकैबाट गोल गरिन् । यससककंगै उनले पांचौं गोल पूरा गरिन् । उनी ८३औं मिनेटमा मैदानबाट बाहिरिइन् । 

नेपालले ८७औं मिनेटको पेनाल्टीमार्फत दशौं गोल पूरा गर्यो । अनिता बस्नेतको सट माल्दिभ्सकी अहमेद अलीले हातले रोकिन् । सोही पेनाल्टी अवसर सदुपयोग गर्दै प्रीतिले ह्याट्रिक पूरा गरिन् ।

एक मिनेट पनि नबित्दै नेपालले ११औं गोल गर्याे । अनिता बस्नेत दिएको पास सदुपयोग गर्दै उनले गोल गरेकी हुन् । यसपछिको बाँकी समयमा गोल हुन सकेन र नेपालले फराकिलो जित निकाल्यो । 

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !