६ कार्तिक २०८१, मंगलबार

युनिलिभरले हस्तान्तण गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

प्रकाशित मिति :  22 October, 2024 8:26 am


काठमाडौँ। नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीमध्येको एक युनिलिभरले विनाशकारी बाढी र पहिरो पीडितका लागि सहयोग हस्तान्तरण गरेको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पूनःस्थापनामा एक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत यसअघि पनि राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित रहको र नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !