६ कार्तिक २०८१, मंगलबार

नेपाल संवत ११४५ लाई भव्य रूपमा मनाऔँः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  22 October, 2024 10:54 am


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताए । उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे ।

“उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !