६ कार्तिक २०८१, मंगलबार

सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछः प्रधानसेनापति शर्मा

प्रकाशित मिति :  22 October, 2024 5:50 pm


काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् ।

आइतवार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताएका हुन् ।

उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबिच युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको बताए ।

उनले भने, “५२ जना सिरियामा छन् । १३२९ जनाको फौज शान्ति सेनामा छ । १३२९ जनामध्ये अहिले अलिकति अफ्ठ्यारो स्थितिमा रहेका सैनिकहरु भनेको केही मात्रै छन् । उनीहरुको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाईं भइरहेको ठाउँ हो । उनीहरु द्वन्द्वको बीचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन् । “

उनले ले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अफ्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !