९ मंसिर २०८१, आइतबार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

प्रकाशित मिति :  23 October, 2024 9:40 am


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् । यादव हर्नियाको शल्यक्रियाका लागि मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !