१२ कार्तिक २०८१, सोमबार

जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै

प्रकाशित मिति :  23 October, 2024 9:47 am


काठमाडौँ । जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामीहरुमा वृद्धि भएको छ ।

ब्याक्टेरियाबाट हुने श्वासप्रश्वासको रोग जापानमा लगातार तेस्रो हप्तामा उच्च रेकर्ड मापन गरिएको हो । अक्टोबर १३ सम्मको सात दिनमा राष्ट्रव्यापी लगभग ५ सय चिकित्सा संस्थाहरूद्वारा रिपोर्ट गरिएको केसहरूको औसत संख्या प्रतिसंस्था १.९५ रहको छ ।

फुकुईमा सबैभन्दा बढी औसत छ, प्रति संस्था सर्वेक्षणमा ५.६७ बिरामीहरू छन् । त्यसपछि आइचीमा ५ र ४.२९ क्योटो छ ।

माइक्रोप्लाज्मा निमोनिया नामक ब्याक्टेरियमबाट हुने श्वासप्रश्वासको संक्रमण हाछ्युँ गर्दा र खोक्दा हावामा निस्कने थोपाबाट सर्छ र ज्वरो, खोकी, थकान र टाउको दुख्ने जस्ता लक्षणहरू निम्त्याउँछ । कतिपय अवस्थामा खोकी धेरै हप्तासम्म रहनसक्छ ।न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !