७ कार्तिक २०८१, बुधबार

विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर छः भौतिकमन्त्री दाहाल

प्रकाशित मिति :  23 October, 2024 11:05 am


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

मंगलवार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार काम गर्नकै लागि बनेबाले नागरिकको सहजताका लागि आवश्यक पुनःनिर्माणको काम गरिरहेको बताएका हुन् । उनले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरु परिवर्तन भएको बताए ।

उनले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइ काम गरिरहेको बताए । उनले विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुलपुलेसामा भएको बताए । उनले भने, “यो सरकार काम गर्नका लागि बनेको सरकार हो । यो सरकारले आफ्नो गतिमा काम गरिरहेको अवस्था थियो । काम गर्दागर्दै बाढी, पहिरोले हामीलाई यसरी वितण्डा मच्चायो र एउटा नयाँ परिस्थितिको सिर्जना गरिदियो । त्यसैले हाम्रा प्राथमिकताहरू अहिले परिवर्तन भएका छन् ।”

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण सम्पन्न भइ सञ्चालन गरिएको छ । नेपाली सेना र सरकारले मिलेर पुल निर्माण सुरू भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ । सबैभन्दा पहिला पुलमा लोड सिमित गर्नुपर्ने चुनौति छ । नेपाली सेनाले १५ टन मात्रैको सिफारिस गरेको छ । स्पिड सिमित गर्ने र भारवहन १५ टन मात्रै गर्नेगरी वार्निङ साइन राख्ने योजनाअनुसार काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् 



प्रतिक्रिया दिनुहोस !