७ कार्तिक २०८१, बुधबार

लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्स्लाई आइएसओ प्रमाणपत्र

प्रकाशित मिति :  23 October, 2024 12:53 pm


काठमाडाैँ । लेमिनार टायल्स्को उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ मापदण्डहरूको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ ।

नेपालको सबैभन्दा पहिलो र एकमात्र सय प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केहि हप्तामै आइएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवतः पहिलो कम्पनी बन्न सफल भएको कम्पनीकाे दाबी छ ।

लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय ब्यवस्थापन प्रणालीको लागि आइएसो ९००१ः२०१५, वातावरणीय ब्यवस्थापन प्रणालीको लागि आइएसओ १४००१ः२०१५ र ब्यवसायिक स्वास्थ्य र सुरक्षा ब्यवस्थापन प्रणालीको लागि आइएसओ ४५००१ः२०१८ गरी तीनवटा विधाहरूमा प्रमाणपत्र पाएको हो ।

बलियो र चुस्त ब्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तराष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरुलाई अंगिकार गरी नेपाललाई विश्वब्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उदेश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको कम्पनीकाे दाबी छ ।

अन्तराष्ट्रिय मान्यता बोकेको आइएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।

“यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,” आइएसओ प्रमाणीकरणबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, “गुणस्तरीय बस्तुहरू उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छाैँ ।”

उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरूलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए ।

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यि टायलहरु चारवटा आकार (१६*१६ इञ्च, २*२ फिट, २*४ फिट र ८ इञ्च*४ फिट_ मा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।



प्रतिक्रिया दिनुहोस !