७ कार्तिक २०८१, बुधबार

सिनेमा हलभित्र पानी र खानेकुरा एमआरपी भन्दा बढी मूल्यमा बेच्न नपाइने

प्रकाशित मिति :  23 October, 2024 2:00 pm


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल भित्र अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँमा पानी तथा खानेकुरा बिक्री गरे कारवारी गरिने चेतावनी दिएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरे कारवाही गरिने जनाएको हो।

कार्तिक ५ गते विभाग र नेपाल चलचित्र संघबीच भएको छलफल र अन्तरक्रिया पश्चात चलचित्रहलको परिसर भित्र प्रशोधित पिउने पानी, खाद्य तथा पेय पदार्थमा वोतल वा प्याकेटमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !