७ कार्तिक २०८१, बुधबार

सरकारको सय दिन: प्रधानमन्त्रीको सम्बोधन सुरू

प्रकाशित मिति :  23 October, 2024 3:14 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !