७ कार्तिक २०८१, बुधबार

बुधबार ओरालो लाग्यो नेप्से

प्रकाशित मिति :  23 October, 2024 4:31 pm


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २०।४१ अंकले घटेर २६४५।३९ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमध्ये २ ओटा उपसमुहको सेयमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार आइसिएफसी फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६२१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आइसिएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४।२८ प्रतिशतले घटेको छ ।

कुल ३२४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !