९ मंसिर २०८१, आइतबार

सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानूनी कारवाही सुरू भएको छः प्रधानमन्त्री

प्रकाशित मिति :  23 October, 2024 5:32 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताएका छन् ।

बुधवार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै उनले सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताए । उनले ५ सय ७५ भन्दा बढी जेलमा रहेको बताए ।

उनले सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र नभइ वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइने बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्नु नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभइ कानूनलाई गुरु मानेको बताए ।

प्रधानमन्त्री ओलीका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म सङ्घीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिव ३२९ अर्ब रुपैयाँ पुगेको छ  । कुल राजश्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिव २४८ अर्ब रुपैयाँ पुगेको बतए ।



प्रतिक्रिया दिनुहोस !