७ कार्तिक २०८१, बुधबार

दूध तथा दुग्ध पदार्थको आयात खुल्ला नगर्न सरकारसँग डेरी उद्योग संघको माग

प्रकाशित मिति :  23 October, 2024 5:53 pm


काठमाडाैँ । नेपाल डेरी उद्योग संघले भारतबाट दूध तथा दुग्धजन्य पदार्थको आयात खुल्ला नगर्न सरकारसँग माग गरेकाे छ। संघका अध्यक्ष राजकुमार दाहालले प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी किसानहरूबाट उत्पादन भएको दूध बजारमा विक्री गर्न नसक्दा लाखौं लिटर दूध फाल्नुपर्ने अवस्थामा आयात गर्दा दुग्ध व्यवसायमा संलग्न किसान र उद्यमीहरूको भविष्यमा गम्भीर प्रभाव पर्ने बताएका छन् ।

कोभिड महामारी, लम्पी स्कीन र युवा जनशक्तिको विदेश पलायनजस्ता समस्याले दुग्ध उत्पादनको खपतमा कमी ल्याएको छ, जसले किसानहरूको नियमित भुक्तानीलाई कष्टकर बनाएको छ, “दाहालले भने,”यदि भारतबाट दुग्धजन्य पदार्थको आयात प्रतिबन्ध हटाइन्छ भने आत्मनिर्भरता तर्फ उन्मुख दुग्ध क्षेत्रमा थप समस्याहरू निम्तिन सक्छन्।”

नेपालमा दुग्ध उत्पादन धानपछि दोस्रो प्रमुख कृषि उत्पादनको रूपमा रहेको र जसले ६ लाख कृषक परिवारलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको संघले जनाएकाे छ । दूधको ओसारपसार, प्रशोधन र विक्री वितरणमा ५० हजार भन्दा बढी रोजगारी सिर्जना भएको तर, हालका चुनौतीहरूले किसानहरूलाई निराश बनाउँदै गएकाे दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस !